आजका मुख्य समाचार,
* ठोस उपलब्धि देखाउन नसकेपछि प्रधानमन्त्री ओली संयन्त्र र कार्यदलको सहारामा / कांग्रेस-एमालेलाई समस्या पहिल्याउनै सकस / राज्यका निकायमाथि कानुनले नचिन्ने संयन्त्र हाबी ।
* महिलाको सामूहिक जबर्जस्ती करणीपछि मोरङको जहदास्थित मुसहर बस्ती न्यायको लडाइँमा / दोषीलाई कारबाही र बस्तीमा सुरक्षा माग / पक्राउ परेका तीन आरोपीमाथि अनुसन्धान जारी ।
* नीतिगत संशोधन र प्रक्रियागत सुधारका बीच वैदेशिक लगानी फिर्ता ३५ गुणाले बढ्यो / कम्पनीले लैजाने नाफा भने घट्दो / लगानी बढाउने सरकारको प्रतिबद्धतामा ठेस ।
* दक्षिण कोरियाका प्रधानमन्त्री एवं कार्यवाहक राष्ट्रपति हानविरुद्धको महाअभियोग प्रस्ताव संसद्बाट पारित / प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी अर्थमन्त्री चोइलाई ।
र,
५. चर्च ब्वाइज युनाइटेड फाल्गुनन्द गोल्डकपको फाइनलमा / आयोजक फिदिम स्पोर्टिङ क्लब तीन-एकले पराजित / दोस्रो सेमिफाइनलमा भोलि एनआरटी र मच्छिन्द्र क्लब भिड्ने ।