‘दुबई ग्लोबल सकर अवार्ड’मा स्पेनिस जायन्ट रियाल मड्रिडको वर्चस्व

पुस १३, २०८१ |खेल ब्युरो
‘दुबई ग्लोबल सकर अवार्ड’मा स्पेनिस जायन्ट रियाल मड्रिडको वर्चस्व

काठमाडौं । दुबई ग्लोबल सकर अवार्डमा स्पेनिस जायन्ट रियाल मड्रिडले वर्चश्व जमाएको छ । रियालका भिनिसियस जुनियरले पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जिते ।

दुबईमा गएराति आयोजना भएको अवार्ड कार्यक्रममा स्टार खेलाडीको उपस्थिति थियो । ब्राजिलियन भिनिसियसले आफ्नै क्लबका टिम मेट जुड बेलिङगम र क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । उत्कृष्ट फरवार्डको अवार्ड पनि भिनिसियसलेनै प्राप्त गरे ।

महिलातर्फ बार्सिलोना तथा स्पेनकी एइटाना बोनमती उत्कृष्ट वर्ष खेलाडी घोषित भइन् । रियालका बेलिङ्गमले वर्षको उत्कृष्ट मिडफिल्डर अवार्ड जित्दा कार्लोस एन्सेलोटी उत्कृष्ट प्रशिक्षक चुनिए । बेलिङगमलाई म्याराडोना अवार्ड पनि दिइएको थियो। बार्सिलोनाका लमिन यामललाई इमर्जिङ प्लेयरको अवार्ड प्रदान गरिएको थियो ।

साउदी अरेबियन क्लब अल नासारका रोनोल्डोले उत्कृष्ट मध्यपूर्वी खेलाडीको अवार्ड जिते । पोर्चुगिच फरवार्डले सर्वाधिक गोलकर्ताको अवार्ड पनि हात पारे । पुरुषतर्फ रियाल र महिलातर्फ बार्सीलोना उत्कृष्ट क्लब घोषित भएका छन् । अल आइन मध्य पुर्वको उत्कृष्ट क्लब बन्यो । टिबो कोट्वा, नेइमार र रियो फर्डिनान्डले प्लेयर करियर अवार्ड प्राप्त गरे ।



Enter Kantipur TV HD
Advertisement