मुग्लिन-नागढुङ्गा सडक आजदेखि दैनिक तीन घण्टा बन्द

पुस ७, २०८१ |पोषनाथ अधिकारी
मुग्लिन-नागढुङ्गा सडक आजदेखि दैनिक तीन घण्टा बन्द

धादिङ । मुग्लिन-नागढुङ्गा सडक आजदेखि दैनिक तीन घण्टा बन्द गरेर स्तरोन्नतिको काम सुरु गरिएको छ । पछिल्लोपटक थपिएको अवधी सकिन ५० दिन मात्रै बाँकी हुँदा नागढुङ्गा नौविसे सडकखण्ड निर्माणको भौतीक प्रगति ६१ प्रतिशत मात्रै छ । यसैगरी नौविसे मलेखु सडक खण्डको निर्माण अवधी ६ महिना मात्रै बाँकी हुँदा भौतीक प्रगती जम्मा २५ प्रतिशत छ । मलेखुदेखि मुग्लीनसम्म पर्ने तेस्रो खण्ड निर्माणको काम त झन् १८ प्रतिशत मात्रै सकिएको छ । कामलाई गती दिन र अफ्ठ्यारो भिरमा कटिङ गर्न भन्दै यो सडक खण्डमा सवारी रोकेर काम थालीएको छ ।

विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोसः


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।