Kantipur Samachar | कान्तिपुर समाचार, १० मंसिर २०८१

मंसिर १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १० मंसिर २०८१

आजका मुख्य समाचार,

* बीआरआई कार्यान्वयन सम्झौताबारे दलहरुबीच मतभेद / चीन जाँदा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको प्रष्टीकरण / ठूला सम्झौताको सम्भावना टर्दै ।

* तीन सहकारीबाट लिएको ऋणको ब्याज तिर्न ४० वटा चेकमा रवि लामिछानेको हस्ताक्षर / १ करोड ६२ लाख बुझाएको चेक नै पर्याप्त प्रमाण हुने प्रहरीको दाबी ।

* पाँच वर्षको बीचमा लैंगिक हिंसाका घटना ३३ प्रतिशतले बढे / सामाजिक र मानसिक तनावले पीडित न्यायको पहुँच बाहिरै / न्यायिक प्रक्रिया पनि झन्झटिलो ।

* प्रधानमन्त्री मोदीनिकट व्यवसायी गौतम अडानीमाथिको घुसखोरी अभियोगमा बहस गर्ने-नगर्ने विषयमा भारतीय संसद्‌मा विवाद / सांसदहरुको नाराबाजीपछि दुवै सदन स्थगित ।

* नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको पहिलो जित / अफगानिस्तान एक सय ८ रनले पराजित / नेपालको जितमा पदम बडाइलाको उत्कृष्ट प्रदर्शन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.