आजका मुख्य समाचार,
* विना दर्ता सञ्चालनमा रहेको एभियोट्रेस नेपाललाई भर्नालगायत काम तत्काल रोक्न काठमाडौं महानगरको निर्देशन / वैधानिक कागजात पेस नगरे थप कारबाही गर्ने चेतावनी ।
* सार्वजनिक ऋण २६ खर्ब नाघे पनि छैन प्रतिफल / लगानी अनुसार न विकास नत रोजगारी वृद्धि / भ्रष्टाचारमा डुबेका संस्थान सुधार्न समेत छैन सरकारलाई चासो ।
* पाँचवटा अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेस / समितिमा नपठाइ संसदमै छलफल गरेर पारित गर्ने सरकारको तयारी / प्रक्रिया र विषयमा समेत विपक्षीको विरोध ।
* पाकिस्तानमा अपहरणमा परेको रेलका ४ सयभन्दा बढी यात्रुमध्ये १ सय ९० जना मुक्त गराइयो / सुरक्षाकर्मीको कारबाही जारी / ३० आतंककारी मारिए ।
*क्रिकेट संघको केन्द्रीय सम्झौतामा ५२ खेलाडी आबद्ध / पुरुषतर्फ दुई खेलाडी थपिँदा विनोद, पवन, विपिन र अर्जुन बाहिरिए / महिलातर्फ पूजा महतो ए श्रेणीमा बढुवा ।