कान्तिपुर समाचार, ०२ मंसिर २०८१

मंसिर २, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०२ मंसिर २०८१

आजका मुख्य समाचार

– पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधन / संविधान निर्माण, लोकतन्त्र र शान्ति स्थापनामा भूमिका अविस्मरणीय / पशुपति आर्यघाटमा भोलि अन्त्येष्टि ।

– स्थानीय तहका ४२ पदमा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ४ सयभन्दा बढी उम्मेदवार / कीर्तिपुरको प्रमुखमा २० जना प्रतिस्पर्धी / रुकुमपूर्वमा माओवादीविरुद्ध कांग्रेस–एमालेको तालमेल ।

– सरकारले ८० प्रतिशत अनुदान दिँदासमेत १० वर्षमा कृषि बिमामा जम्मा २ लाख किसान आवद्ध / बाली बिमा गराउने ५ हजार मात्रै / कृषिमा बिमा कम्पनीकै छैन रुचि ।

– चिनियाँ राष्ट्रपति सी र अमेरिकी समकक्षी बाइडनबीच भेटवार्ता / ट्रम्प प्रशासनसँग सहकार्य गर्ने सीको प्रतिबद्धता / दुई देशबीच शान्तिपूर्ण प्रतिस्पर्धा हुनुपर्नेमा बाइडनको जोड ।

– पाकिस्तानमा हुने चौथो टी-ट्वेन्टी नेत्रहीन विश्वकप क्रिकेटका लागि नेपाली टोलीको तयारी अन्तिम चरणमा / छोटो समयको प्रशिक्षणका बीच राम्रो नतिजा ल्याउने खेलाडीको विश्वास ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.