Kantipur Samachar | कान्तिपुर समाचार, १७ कार्तिक २०८१

कार्तिक १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १७ कार्तिक २०८१

आजका मुख्य समाचार,

* यमपञ्चकको चौथो दिन आज गाई र गोवर्धन पूजा गरियो / नेवार समुदायमा म्हः पूजा गरिँदै / भाइटीकाको उत्तम साइत भोलि बिहान ११ बजेर ३७ मिनेटमा ।

* नेपाल सम्वत् ११ सय ४५ सुरु / देशभर सांस्कृतिक र्‍याली र कार्यक्रमसहित नयाँ वर्षको स्वागत / सरकारी कामकाजसँगै व्यवहारिक कार्यान्वयनको पनि माग ।

* जाजरकोट भूकम्पपीडित पालमै चाडपर्व मनाउँदै / एक वर्ष बित्दासमेत पाएनन् अस्थायी आवासवापतको रकम / दोस्रो हिउँद पनि टहरामै बित्ने ।

* अमेरिकामा राष्ट्रपतिका उम्मेदवार ट्रम्प र ह्यारिस स्वीङ स्टेटमा आक्रामक चुनावी प्रचारमा / अन्तिम चरणमा मतदाता रिझाउन एक अर्कामाथि आरोप-प्रत्यारोप ।

* आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू मा नेपालले आज घरेलु टोली अमेरिकाको सामना गर्ने / पहिलो खेलमा बेहोरेको हारको बदला लिने नेपालको लक्ष्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.