आजका मुख्य समाचार,
* बाघ बढाउने अभियानमा सफल सरकार व्यवस्थापनमा भने उदासीन / बाघको आक्रमणबाट ६ वर्षमा ७५ जनाको मृत्यु / आहारा र बासस्थान संरक्षण कार्यक्रम छैनन् ।
* ठूला सहकारी घोटालाका अधिकांश आरोपी देशबाहिर / १ वर्षमा १० जनाविरुद्ध रेड नोटिस जारी / ठगीमा संलग्नको सम्पत्ति बेचेरै रकम फिर्ता गरिने सरकारको दाबी ।
* चालु आर्थिक वर्षको ४ महिनामा नेपालबाट विदेशी कामदारले लगे साढे २ अर्ब / अनौपचारिक क्षेत्रको रेकर्ड नहुँदा भारतीय श्रमिकले लैजाने रकमको भने हिसाब छैन ।
* नेपालसहित विश्वका थुप्रै देशले अंग्रेजी वर्ष २०२४ को बिदाइ गर्दै / किरिबास, न्यूजिल्यान्ड र अस्ट्रेलियामा भइसक्यो नयाँ वर्ष २०२५ को स्वागत ।
* अदालतको आदेशविपरीत ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी २० खेल संघलाई कारबाही गर्ने सरकारको तयारी / खातादेखि अनुदान र विदेश भ्रमण रोक्का गरिने ।