कान्तिपुर समाचार, १४ कार्तिक २०८१

कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १४ कार्तिक २०८१

आजका मुख्य समाचार,

– साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई / छैटौं पटक फाइनल पुगेको नेपाल फेरि पनि उपविजेतामै सीमित ।

– यमपञ्चक अन्तर्गत आज काग तिहार मनाइयो / बजारमा किनमेल गर्नेको घुइँचो / आपराधिक घटना हुन नदिन सुरक्षा व्यवस्थामा कडाइ ।

– देशभित्रै रोजगारीका अवसर नहुँदा तिहारका बेला पनि दैनिक सयौं युवा विदेशिँदै / तीन महिनामै १ लाख ७० हजारले लिए श्रम स्वीकृति ।

– बारम्बारको टुटफुटले एकताको पहलमा कम्युनिष्ट नेताहरु नै सशंकित / कमजोरी सुधार र गम्भीर वैचारिक समीक्षा आवश्यक भएको स्वीकारोक्ति ।

– स्पेनको भलेन्सिया प्रान्तमा मुसलधारे वर्षापछिको बाढीबाट कम्तिमा ६२ जनाको मृत्यु / एक वर्षमा पर्ने पानी ८ घण्टामै / प्रभावित क्षेत्रका विद्यालय र रल्वे सेवा बन्द ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.