दशैं मनाएर काठमाडौं फर्कनेहरु दोब्बर भाडा तिर्न बाध्य (भिडियो रिपोर्ट)

आश्विन २९, २०८१ |पोषनाथ अधिकारी
दशैं मनाएर काठमाडौं फर्कनेहरु दोब्बर भाडा तिर्न बाध्य (भिडियो रिपोर्ट)

धादिङ । दशैं मनाउन संघीय राजधानी काठमाडौंबाट बाहिरिएका सर्वसाधारण फर्कन थालेका छन् । यात्रुको चापले सवारी साधनमा सिट पाउनै मुस्किल छ । टिका सकेर काममा फर्कनेहरुको भिड यातायात व्यवसायीलाई दोब्बर बढी भाडा असुल्ने मौका बनिरहेको छ । राजमार्गमा आफूहरु ठगिएको यात्रुले गुनासो गरेका छन् । यात्रुको गुनासोप्रति प्रहरी प्रशासन भने जिम्मेवार बन्न सकिरहेको छैन ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।