भाषा-संस्कृतिको संरक्षणमा जुटे गोरखाका मगर समुदाय

भाद्र ७, २०८१ |भीमलाल श्रेष्ठ
भाषा-संस्कृतिको संरक्षणमा जुटे गोरखाका मगर समुदाय

गोरखा । बहुल संख्यामा मगर समुदायको बसोबास रहेको जिल्ला गोरखा एक हो । आधुनिकता, विदेश पलायनलगायतका कारणले भाषा, संस्कृति र भेषभुषा नै लोप हुने अवस्था आएपछि त्यहाँको मगर समुदाय यसको संरक्षणमा जुटेको छ।

जिल्लाका ११ वटा स्थानीय तहमध्ये दोस्रो ठूलो जनसंख्या रहेको गोरखा नगरपालिकामा बसोबास गर्ने मगर समुदाय आफ्नो भाषा संस्कृति संरक्षणमा जुटेको छ । शहरीकरण र बसाइसराईको मारमा परेर मौलिकता लोप हुन लागेपछि पुराना र नयाँ पुस्ता सागै भेला भएर आफ्नो संस्कृति सिक्ने र सिकाउने अभियान शुरु गरेका हुन ।

मगरहरुको आफ्नै भाषा, भेषभुषा र सांस्कृतिक विविधता छ । यो समुदायले झ्याउरे, चुड्का, घाँटु, मारुनीमा रमाउँछ ।

मगर पुरुषले भाङ्ग्रा, कछाडसँगै भोटो ईस्टाकोट र महिलाले छिट्को गुन्यु, टिकिस, मखमलको चोली, घलेक, लुङ्गी लगाउनुका साथै कााडे नौगेडी, मुगामाला, बुलाकी, पहेलो पोते र माड्वारी लगायतका गरगहना लगाउँछन् ।

महिला समूह, मगर गुठी र टोलविकास संस्थाहरुको सहभागितामा जातीय पहिचान, संरक्षण र प्रवर्द्धनका लागि गोरखा नगरपालिकाले पनि आर्थिक सहयोग गर्दै आएको छ ।

जल, जमिन र जंगलको परम्परादेखि नै पूजाआज गर्ने मगर समुदाय प्रकृतिपुजक जातिका रुपमा चिनिन्छ । 


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement