कान्तिपुर समाचार, १० साउन २०८१

श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १० साउन २०८१

आजका मुख्य समाचार,

* सौर्य एयरको विमानमा १७ जनालाई विनारेकर्ड चढाइएको खुलासा / बालकसहित अनधिकृत व्यक्तिलाई प्रवेश दिएकामा आपत्ति / क्षतिपूर्ति टुंगो नलागेसम्म शव नबुझ्ने आफन्तको अडान ।

* कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको ६ वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन सकेन / सरकार फेरिएपिच्छेका आश्वासनले पीडितलाई थप पीडा ।

* निजामती प्रशासनमा पहिलोपटक महिला नेतृत्व / लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने मन्त्रिपरिषद्को निर्णय / योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त ।

* जम्मु-कश्मीर, मणिपुरसहित भारतको मध्य र पूर्वी क्षेत्रको भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह / भारत-पाकिस्तान सीमामा सशस्त्र द्वन्द्वको जोखिम बढेको निष्कर्ष ।

* एसीसी महिला एसिया कप खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता / थप लगानी र अन्तर्राष्ट्रिय एक्सपोजर आवश्यक रहेको कप्तान इन्दु बर्माको भनाइ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.