कान्तिपुर समाचार, १४ असार २०८१

असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १४ असार २०८१

आजका मुख्य समाचार,

* राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको सरकारले सहज सेवा दिन नसक्दा नागरिकलाई सास्ती / गर्मी र झरी खेपेर दिनहुँ लाईन बसेका सेवाग्राहीमाथि कर्मचारीको हप्की र दप्की ।

* सुन तस्करीमा संलग्न चिनियाँसँग नेपाली नागरिकता र राहदानी छ्यापछ्याप्ती / पक्राउ परेका ११ मध्ये ८ जनासँग नेपालको नागरिकता ।

* वाम एकताको गोलचक्करमा एमाले र माओवादी / पार्टी अस्तित्व र सत्ता टिकाउन प्रधानमन्त्री दाहालका लागि एकता प्रयास बाध्यता / एमाले वरिष्ठ उपाध्यक्ष भन्नुहुन्छ- सम्भव छैन ।

* अमेरिकी राष्ट्रपतीय बहसपछिको सर्वेक्षणमा डोनाल्ड ट्रम्पले पाए ६७ प्रतिशत नागरिकको मत / बाइडनको पक्षमा ३३ प्रतिशत ।

* अन्डर नाइन्टिन भलिबलको महिलातर्फ लुम्बिनी र बागमती प्रदेश फाइनलमा / पुरुषतर्फ उपाधिका लागि गण्डकी र लुम्बिनी भिड्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.