कान्तिपुर समाचार, १२ असार २०८१

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १२ असार २०८१

आजका मुख्य समाचार,

* बाढी-पहिरो र चट्याङमा परी लमजुङमा ६ सहित १६ जनाको मृत्यु / विराटनगर र राजविराजका अधिकांश स्थान डुबानमा / ठाउँ-ठाउँमा राजमार्ग अवरुद्ध ।

* सुन तस्करीको एक खर्बभन्दा बढी रकम अनलाइन सेवा प्रदायक कम्पनीबाट कारोबार भएको खुलासा / पाँच वर्षमा ३२ सय किलो सुन तस्करी भएको सीआईबीको निष्कर्ष ।

* नेकपाको अन्तरसंघर्षले संसद् विघटन हुँदा आफूले सघाएको पूर्वराष्ट्रपति भण्डारीको स्वीकारोक्ति / राष्ट्रिय-अन्तर्राष्ट्रिय एजेन्डा बाँकी रहेको भन्दै राजनीतिमा सक्रिय हुने तर्क ।

* भारतको लोकसभाले एक दशकपछि पायो विपक्षी दलको नेता / कंग्रेसका राहुल गान्धी पहिलोपटक संवैधानिक हैसियतमा / विपक्षीलाई बेवास्ता गर्ने छुट मोदीलाई नभएको विश्लेषण ।

* युरो कपमा आज समूह चरणका अन्तिम चार खेल हुँदै / स्लोभाकियाले रोमानिया, बेल्जियमले युक्रेन, जर्जियाले पोर्चुगल र चेक रिपब्लिकले टर्किएको सामना गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.