कान्तिपुर समाचार, ३२ जेठ २०८१

जेष्ठ ३२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ३२ जेठ २०८१

आजका मुख्य समाचार,

* संसद्प्रति प्रधानमन्त्री दाहाल नै अनुत्तरदायी / विपक्षी र सत्तापक्षकै सांसदले भारत भ्रमणबारे बारम्बार जानकारी माग गर्दासमेत बेवास्ता / संसद् छलेर बाहिर भने भ्रमणको चर्चा ।

* शिक्षा मन्त्रालय र स्थानीय तहबीच चर्कियो अधिकार विवाद / शिक्षक सरुवासम्बन्धी निर्देशिकाले संवैधानिक व्यवस्थामै हस्तक्षेप गरेको दाबी / सरूवा पारदर्शी हुने मन्त्रालयको जिकिर ।

* बजेटका कार्यक्रम नै कार्यान्वयन भएनन् / मोडालिटीमा अर्थ मन्त्रालय र योजना आयोगबीच एकमत नहुँदा निर्देशिका नै बनेन / कानुन नबन्दा कयौं कार्यक्रम अलपत्र ।

* जफत गरिएको रुसको सम्पत्तिबाट युक्रेनलाई ऋण दिने जी-सेभेन राष्ट्रको योजनालाई राष्ट्रपति पुटिनले दिए चोरीको संज्ञा / मूल्य चुकाउनुपर्ने चेतावनी ।

* नेपालले टी-ट्वेन्टी विश्वकपमा भोलि बिहान दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने / सुपर एट प्रवेशको सम्भावना कायमै राख्न नेपाललाई जित आवश्यक ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.