
नुवाकोट । नुवाकोटको ऐतिहासिक तथा धार्मिकस्थल साततले दरबारस्थित भैरवी मन्दिरमा हरेक वर्ष लाग्ने सिन्दुरे जात्रा विधिवत रूपमा सम्पन्न भएको छ।
चैत्रशुक्ल पुर्णिमाको अघिल्लो दिन बुधबार भैरवीथान र बुढी देवताको मन्दिर परिसरमा सालको लिंगो ठड्याइ सुरु भएको जात्राको चौथो दिन शनिबार मन्दीर परिसरमा अबिर, केसरी र सिन्दुरको होली खेली सिन्दुरे जात्रा समापन भएको हो।