रास्वपा शक्तिशाली बन्नुको कारण खोजतलास गर्नुपर्ने एमाले सचिव भट्टराईकाे भनाइ

चैत्र २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपा शक्तिशाली बन्नुको कारण खोजतलास गर्नुपर्ने एमाले सचिव भट्टराईकाे भनाइ

काठमाडौं । नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजतलास गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । परराष्ट्रविद् समेत रहनुभएका सचिव भट्टराईले सो पार्टीले निर्वाचनमा चमत्कारिक रूपमा परिणाम ल्याएको उल्लेख गर्दै त्यसको कारण खोजीको विषय भएको बताउनु भयो । 

उहाँले मुलुकमा भूराजनीतिक संवेदनशीलता बढेर गएकाले दलहरूबीच राष्ट्रिय एकता कायम गरेर अघि बढने कुरामा ढिलाइ गर्न नहुने पनि स्पष्ट पार्नुभयो । दलहरूबीचको सम्वाद तत्काल सुरू गरी राष्ट्रिय एकतालाई कायम गरेर अघि बढ्ने गरी मुलुकमा विदेशनीतिबारे सार्वजनिक बहस गर्नु अति जरूरी रहेको सचिव भट्टराईको भनाइ थियो ।

सचिव भट्टराईले दलहरूबीच आन्तरिक रूपमा प्रतिस्पर्धा भए पनि मुलुकलाई भूराजनीतिक संवेदनशीलताबाट जोगाउनका लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुको विकल्प नभएको पनि उल्लेख गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.