सुनसरी । पूर्वको प्रमुख पर्यटकीय गन्तव्य मानिएको सुनसरीको बर्जु ताल संरक्षणको अभावमा बेवारिसे बन्दै गएको छ।
बर्जु गाउँपालिका-६ मा रहेको बर्जु तालको संरक्षणमा स्थानीय तह तथा प्रदेश सरकारले चासो नदिँदा फोहर तथा दुर्गन्धित हुँदै गएको छ । तालको संरक्षण र सरसफाइमा ध्यान नदिँदा जलचरको संख्यामा समेत कमि आउन थालेको छ ।
यो तालमा बर्षेनि साइबेरियाबाट विभिन्न प्रजातिका चराहरू आउने गर्छन । एक सय ५१ विगाह बढी क्षेत्रफलमा फैलिएर रहेको बर्जु ताललाई प्रदेस सरकारले प्रमुख पर्यटकिय गन्तव्य बनाएर काम गर्ने बताए पनि अहिलेसम्म काम सुरू हुन सकेको छैन ।