कपिलवस्तु । रानी मायादेवी सुत्केरी मार्गको डिजिटल म्यापिङ गरी सार्वजनिक गरिएको छ ।
शनिबार पर्यटन व्यवसायी, स्थानीय तहका प्रतिनिधि, पुरातत्वविद् र सञ्चारकर्मी सहभागी कार्यशाला गोष्ठीमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटकीय आकर्षण थप्न युएसएआईडी (अमेरिकी सहयोग नियोग) ले करिब ४० किलो मिटर दूरीको डिजिटल म्याप सार्वजनिक गरेको हो ।
शाक्य वंशीय महारानी मायादेवी लुम्बिनीमा सुत्केरी भएपछि शिशु बालक राजकुमार सिद्धार्थलाई लिएर फर्किएको बाटोलाई ट्रेलको रुपमा विकास गरेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न काम गरिरहेको युएसएआईडीकी एग्नस लुजले जनाइन् ।
बाटोघाटो, सुरक्षा, अस्पताल र व्यापार व्यवसायलाई समावेश गरेर छोटो समयमा तयार गरिएको डिजिटल म्यापिङका विषयमा सुझाव संकलन गरी परिकृत गरिने उनले जानकारी दिइन् ।