हाम्रो घरसम्म इन्टरनेट कसरी आइपुग्छ ?

पुस १४, २०८० |कान्तिपुर टीभी संवाददाता
हाम्रो घरसम्म इन्टरनेट कसरी आइपुग्छ ?

काठमाडौं । आममानिसको दैनिकीमा इन्टरनेट अनिवार्यजस्तै बनिसकेको छ । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या अहिले ३ करोड ८३ लाख छ । तर, तपाईंलाई थाहा छ, हामीले प्रयोग गरेको इन्टरनेट कसरी र कहाँबाट आउछ ?

विश्वभरका समुद्रमुनि बिच्छाइएका १२ लाख किलोमिटर लम्बाईका ३ सय वटा फाइबर अप्टिक केबल प्रणालीमार्फत् विश्वभरको इन्टरनेट चल्ने गरेको छ । विश्वको झण्डै ९५ प्रतिशत इन्टरनेट यसैबाट चल्ने गरेको छ भने बााकी भूउपग्रहमार्फत् चल्छ । विगतमा टेलिकम कम्पनीहरुले यस्ता फाइबर अप्टिक केबल परियोजना सञ्चालन गर्ने गरे पनि अहिले फेसबुक, गुगल तथा अमेजनजस्ता ठूला कम्पनीले चलाउने गरेका छन् ।

भारतका मुम्बई, चेन्नई, कोचिन, टुटीकोरिन र त्रिवेन्दरम्गरी ५ स्थानका समुद्रमुनि १८ वटा फाइबर अप्टिक प्रणाली छन् । नेपालमा मुख्य रुपमा इन्टरनेट भारतबाटै आउने गरेको छ । जसमा एयरटेल, टाटा र ग्लोबल पीसीसीडब्लु नामक कम्पनीले नेपालमा आपूर्ति गर्छन् । नेपालमा इन्टरनेट भित्र्याउने मूलबाटो भैरहवा नाका हो । त्यसपछि वीरगञ्ज, ढल्केबर, दुहबी र टनकपुरबाट पनि इन्टरनेट आयात हुन्छ ।

नेपालमा साना ठूला गरी अहिले एक सय २० इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । नेपालमा इन्टरनेट ब्याण्डविथ भित्र्याउने सेवाप्रदायकलाई नेटवर्क सेवाप्रदायक भनिन्छ । यसरी भित्रिएको इन्टरनेट मोबाइल नेटवर्क, एफटीटीएच, केवल तथा एडीएसएल र वायरलेसजस्ता प्रविधिमार्फत् प्रयोगकर्तासम्म पुग्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका सह-प्रवक्ता प्रदीप पौडेल भन्छन्, ‘त्यसको लागि बाटो चाहिन्छ बाटो चाहिँदा कि त चीन भएर जानुपर्ल,  त्यसपछि कि त भारत भएर जानुपर्छ । दक्षिण एसियाको कुरा गर्ने हो भने भारत हुँदै समुन्द्रको बाटो भएर जानुपर्ने हुन्छ।’

भारतबाहेक उत्तरको रसुवागढी नाका भएर पनि इन्टरनेट आयात हुने गरेको छ । तर, यो उल्लेख्य रुपमा छैन । रसुवागढी नाकाबाट इन्टरनेट ल्याउँदा हिमाली बाटो भएकाले प्राकृतिक प्रकोपको जोखिम हुने गरेको छ । चीनबाट नेपाल टेलिकमले चाइना टेलिकमसाग इन्टरनेट किनिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.