कपिलवस्तु र बैतडीमा सडक दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

कार्तिक १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कपिलवस्तु र बैतडीमा सडक दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

काठमाडौं । कपिलवस्तु र बैतडीमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग स्थित शिवराज नगरपालिका–१, बनकसबासमा आज बिहान बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको हाम्रा कपिलवस्तु सम्वाददाता मनोज पौडेलले बताउनुभएको छ । 

राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जादै गरेको बा.प्र.०१–००६ ख ८५०६ नं.को यात्रुबाहक बसले एक पैदल यात्रीलाई ठक्कर दिइ अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको वडा प्रहरी कार्यालयले जनाएकोछ । बसले ठक्कर दिएका अन्दाजी ५०÷५५ वर्षका पुरुषको भने मृत्यु भएकोछ । घाइते यात्रुको चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचार भईरहेकोछ । उनीहरुको अवस्था सामान्य छ ।

उता, बैतडीको शिवनाथ धाममा लागेको मेलाबाट फर्किँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मेलौली–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानीमा राति से १ ज ७३२ नम्बरको जिप दुर्घटनाग्रस्त भएको डडेल्धुरा सम्वाददाता बरुण पनेरुले बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.