वर्षाले दाउन्नेमा सडक एक तर्फी संचालन

कार्तिक १३, २०८२
वर्षाले दाउन्नेमा सडक एक तर्फी संचालन

नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीको दाउन्नेमा सडक एक तर्फी संचालन भएको छ । बर्षाको कारण सडक चिप्लो भएपछि ठुला सवारी उकालो उक्लन नसकेपछी यातायात प्रभावित भएको हो ।

ठुला सवारी चिप्लिएपछि अहिले दाउन्नेमा सवारीको लामो जाम लागेको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं २ विश्वकर्मा मन्दिर र घ्यूखोला क्षेत्रमा सडक बिस्तार र मर्मत भैरहेको स्थानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी मधु नेपाले बताउनुभयो ।

अहिले सवारी चिप्लीएको स्थानमा गिट्टी हालेर सवारी दुइतर्फी बनाउने प्रयास भैरहेको छ ।