इतिहासकै आधुनिक र प्रविधिमैत्री हुँदैछ यस पटकको विश्वकप

जेष्ठ २८, २०८३ |कान्तिपुर टीभी संवाददाता
इतिहासकै आधुनिक र प्रविधिमैत्री हुँदैछ यस पटकको विश्वकप

काठमाडौं । फुटबल इतिहासको सबैभन्दा आधुनिक र प्रविधिमैत्री अध्याय लेख्ने तयारीमा रहेको फिफा विश्वकप २०२६ ले खेललाई मैदानको सीमाभन्दा बाहिर एआई, रोबोटिक सुरक्षा, सेन्सरयुक्त स्मार्ट बल र प्रविधिको नयाँ युगतर्फ अघि बढाएको छ । जहाँ त्रियोन्डा बल, खेलाडीको एआई अवतार, उन्नत अफसाइड प्रणाली र रोबोटिक कुकुरसम्मले यो विश्वकपलाई परम्परागत खेल प्रतियोगिताभन्दा धेरै अगाडि, 'स्मार्ट स्पोट्र्स इकोसिस्टम'का रूपमा परिभाषित गर्दैछ ।

फुटबल इतिहासमा नयाा युगको ढोका खोल्ने तयारीमा रहेको यसपालीको विश्वकप अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आतिथ्यमा हुादैछ । यो प्रतियोगिताले मैदानभित्रको खेललाई भविष्यको डिजिटल यथार्थसाग जोड्दै विश्व फुटबलको परिभाषा नै पुनर्लेखन गर्ने तयारी गरेको छ । फिफा विश्वकप २०२६ ले खेलको रामाञ्चकतासागै प्रविधि र नवप्रवर्तनको अद्भुत संगम प्रस्तुत गर्नेछ ।

यसै ऐतिहासिक संस्करणको केन्ऽमा छ, त्रियोन्डा नामक आधिकारिक बल, जसको अर्थ "तीन लहर" हो । स्पेनी भाषामा यसलाई तीन तरङ्गको प्रतीकका रूपमा पनि व्याख्या गरिन्छ । रातो, हरियो र नीलो रंगको आकर्षक संयोजनले क्यानडा, मेक्सिको र अमेरिकाको पहिचानलाई एकै धागोमा बुनेको छ । क्यानडाको लागि मेपल लिफ, मेक्सिकोका लागि चील र अमेरिकाका लागि ताराको रुपमा तीन देशका प्रतीकात्मक चिन्हहरू पनि समावेश गरिएको छ । साथै, सुनौलो सजावटले फिफा विश्वकप ट्रफीलाई सम्मान गर्दै प्रतियोगिताको महत्वलाई दर्साउाछ ।

बलभित्र जडान गरिएको अत्याधुनिक इनर्सियल मेजरमेन्ट युनिट आइएमयू सेन्सरले प्रत्येक सेकेन्ड ५ सय पटकसम्म बलको गति, दिशा र थि्रडी गतिविधि मापन गर्ने छ । यसले खेलको प्रत्येक सूक्ष्म क्षणलाई डिजिटल तथ्यमा रूपान्तरण गर्दै भिडियो सहायक रेप|mी भिएआर प्रणालीलाई अझ सटीक र विश्वसनीय बनाउनेछ । विशेषगरी अफसाइडजस्ता निणर्ायक क्षणहरूमा यो प्रविधिले विश्वसनीयता थप्ने छ ।

बललाई फोर प्यानल कन्स्ट्रक्सन र ˆलुइड जियोमेट्री शैलीमा डिजाइन गरिएको छ । यी प्यानलहरू मिलेर बलको बीच भागमा त्रिकोण बनेको छ । जसले तीन देशहरूको ऐतिहासिक एकता र सहकार्यलाई संकेत गर्छ ।

यसको फोर प्यानल संरचनामा गहिरा जोड राखिएको छ । जसले हावामा उड्दा बललाई अझ स्थिर बनाउाछ । सतहमा बनाइएका चिन्हहरूले भिजेको वा चिसो अवस्थामा बललाई गि्रप गर्न मद्दत गर्छ । जसले पासिङ र डि्रब्लिङलाई अझ प्रभावकारी बनाउाछ ।

फिफा र लेनोभो कम्पनीबीचको सहकार्यमा खेलाडीहरूको डिजिटल थ्रीडी मोडेल तयार गरिनेछ । खेलाडीलाई स्क्यान गर्दा करिब एक सेकेन्डमै अत्यन्तै सटीक शरीर संरचना तयार हुन्छ । यसले खेलाडीको शरीरका सबै भागहरूको मापन गरी तीव्र गतिमा समेत उनीहरूलाई ट्रयाक गर्न सहयोग गर्छ ।

मेक्सिकोमा सुरक्षाका लागि रोबोटिक कुकुरहरूको प्रयोग गरिनेछ । यी चार खुट्टे रोबोटहरू जोखिमपूर्ण क्षेत्रमा प्रवेश गर्न सक्षम हुनेछन् । यी रोबोटहरूले त्यहााको प्रत्यक्ष भिडियो सुरक्षा टोलीलाई पठाउनेछन्, जसले कुनै पनि आपतकालीन अवस्था पहिचान गर्न मद्दत गर्नेछ । यी रोबोटहरूको मुख्य उद्देश्य प्रहरीलाई प्रारम्भिक निगरानीमा सहयोग गर्नु र सुरक्षाकर्मीको जोखिम कम गर्नु हो ।

फिफा विश्वकप २०२६ मा अफसाइड निर्णय प्रणालीलाई अझ उन्नत बनाइएको छ । अब नयाा प्रणालीले कुनै खेलाडी १० सेन्टिमिटरभन्दा बढी अफसाइड भए तुरुन्त संकेत दिनेछ । रेप|mीलाई सिधै कानमा जडान गरिएको उपकरणमार्फत तत्काल जानकारी प्राप्त हुनेछ । यसले भीएआरबाट हुने ढिलाइ कम गर्नेछ र खेललाई अझ छिटो र निष्पक्ष बनाउनेछ । तर केही जटिल अवस्थाहरूमा, जस्तै खेलाडीहरू धेरै नजिक भएको बेला वा जमिनमा लडेको अवस्थामा, मानवीय निर्णय अझै आवश्यक हुनेछ ।

यसरी फिफा विश्वकप २०२६ ले विज्ञान र प्रविधिको संगमबाट फुटबललाई भविष्यको स्मार्ट स्पोट्र्स इकोसिस्टमका रूपमा परिभाषित गर्दैछ । जहाा प्रत्येक पास, निर्णय र क्षणले मानव प्रतिभा र एआईलाई थप नजिक ल्याउने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.