धनकुटामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

फाल्गुन ६, २०८२ |खेल ब्युरो
धनकुटामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

धनकुटा । धनकुटामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ।

धनकुटाको तल्लो टुँडिखेलमा बुधबारदेखि सुरू प्रतियोगितामा धनकुटा नगरपालिकाका सामुदायिक र संस्थागत गरी २५ वटा विद्यालय सहभागी छन्। कक्षा ९-१२ का १८ वर्ष मुनिका विद्यार्थीबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतियोगितामा महिला र पुरूष भलिबल, कबड्डी, मार्शल आर्ट, एथलेटिक्स तथा विभिन्न दूरीका दौडसहित करिब ११० विधामा प्रतिस्पर्धा हुने जनाइएको छ।