.png&w=1000&height=550)
काठमाडौं । भारत सिक्किमको थनडरबोल्ड नर्थ युनाइटेडलाई हराउँदै मनाङ मर्स्याङदी क्लब पोखरामा जारी २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छ ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताअन्तर्गत साेमबार भएको खेलमा मनाङ मर्स्याङदीले १-० गोल अन्तरको कठिन जित हात पार्यो । हारसँगै पहिलो पटक प्रतियोगितामा सहभागी भएको नर्थ युनाइटेडको यात्रा सकिएको छ ।
मनाङ मर्स्याङदीको जितका आशिष श्रेष्ठले गरेको गोल निर्णयक बन्यो । नियमित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफको थपिएको एक मिनेटमा आशिषले गोल गर्दै टोलीलाई जित दिलाए ।
मनाङ मर्स्याङदीले अब फाइनल प्रवेशका लागि आयोजक सहारा क्लब पोखरासँग प्रतिष्पर्धा गर्नेछ । १२ टोलीको सहभागी प्रतियोगिताको विजेताले नगद १४ लाख एक हजार रूपैयाँ र उपविजेताले नगद ७ लाख एक हजार रूपैयाँ प्राप्त गर्नेछ ।