
काठमाडौं । नेपाल कबड्डी लिग सिजन-२ कान्तिपुर म्याक्स बाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
जेठ २२ बाट सुरू हुनेप्रतियोगीतामा ६ टोलीको सहभागीता रहेने छ । काठमाडौंमा आयोजित पत्रकार सममेलनमार्फत आगामी जेठ २२ देखि दशरथ रंगाशालमा प्रतियोगीता सुरू हुने औपचारिक घोषण गरिएको हो । यस पटकको लिगमा ५० देशका ६ सय भन्दाबढी खेलाडीहरूले नाम दर्ता गरिसकेका छन् ।
खेलाडीहरूको सङ्ख्या अघिल्लो संस्करणभन्दा दोब्बर हुने आयोजकको भनाइ छ । १५ दिन सञ्चालन हुने प्रतियोगितामा १२ दिन खेल हुनेछ । प्रतियोगिताको अनुमानित बजेट १० करोड रूपैायाँ रहेको नेपाल कब्ड्डी लिगका सिइओ विकास अग्रवालले जानकारी दिए । प्रत्यक टोलीमा १४ खेलाडीको सहभागिता रहने जनाइएको छ ।
खेलाडी छनोट भने अक्सनमार्फत हुनेछ । कान्तिपुर म्याक्स बाट प्रत्यक्ष प्रसारण हुने प्रतियोगिताले नेपाली खेलाडीहरूलाई विश्वव्यापी मञ्चमा पुर्याउने र कबड्डीलाई नयाँ उचाइ दिने लक्ष्य रहेको आयोजकको विश्वास छ ।