झापा गोल्डकप फुटबल प्रतियोगिताकाे च्याम्पियन बन्याे मछिन्द्र फुटबल क्लब

फाल्गुन ४, २०८२ |खेल ब्युरो
झापा गोल्डकप फुटबल प्रतियोगिताकाे च्याम्पियन बन्याे मछिन्द्र फुटबल क्लब

झापा । सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तर्राष्ट्रि्य आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लब च्याम्पियन बनेको छ । 

सोमबार भएको फाइनल खेलमा मछिन्द्रले एपीएफ क्बललाई ३-१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रले नगद १५ लाख रूपैयाँ र ट्रफी हात पारेको छ भने उपविजेता एपीएफले नगद ७ लाख ५० हजारमै चित्त बुझाएको छ ।