झापा गोल्डकप फाइनल : मछिन्द्र र एपीएफ दुवैको उपाधि दाबी

विजेतालाई १५ लाख नगद
फाल्गुन ३, २०८२ |खेल ब्युरो
झापा गोल्डकप फाइनल : मछिन्द्र र एपीएफ दुवैको उपाधि दाबी

झापा । झापामा जारी सातौं झापा गोल्डकप विनोद स्मृति संस्करण अन्तर्राष्ट्रि्य आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र र एपीएफ दुवै टिमले उचाल्ने दाबी गरेका छन् ।

आइतबार डोमालाल राजवंशी रंगशालामा भएको प्रि-म्याच कन्फरेन्समा कोच तथा कप्तानले दाबी गरेका हुन् । क्लब फुटबलमा अहिले दुवै टिम अबल छन् । नेशनल लिग फुटबल प्रतियोगितमा मछिन्द्र र एपीएफ दुबै टिम अपराजित टिम हुन् । सातौं झापा गोल्डकपमा फाइनलमा उपाधिको लागि आमनेसामने हुन लागेको हो ।

मछिन्द्रको मुख्य स्ट्राइकर जोनाथन डबल येल्लोका कारण फाइनलमा उपस्थित हने छैनन् । त्यसको फाइदा उठाउने एपीएफको कोच राजेन्द्र तामांग बताएका छन् । विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रूपैयाँ पाउनेछन् । 

सर्वोउत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाा लागत अनुमान गरिएको छ ।