बुढासुब्बा गोल्डकप : उपाधिका लागि प्लानिङ ब्वाईज र चर्च ब्वाईजबीच शनिबार प्रतिस्पर्धा हुँदै

फाल्गुन १, २०८२ |अर्जुन सुवेदी
बुढासुब्बा गोल्डकप : उपाधिका लागि प्लानिङ ब्वाईज र चर्च ब्वाईजबीच शनिबार प्रतिस्पर्धा हुँदै

सुनसरी । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औं संस्करणको उपाधिका लागि प्लानिङ ब्वाईज युनाइटेडले साविक उपविजेता चर्च ब्वाईज युनाइटेडविरूद्ध शनिबार प्रतिस्पर्धा गर्दैछ।

धरान रंगशालामा हुने फाइनल प्रतिस्पर्धात्मक हुने दुवै टिमको दाबी छ। फाइनलअघि शुक्रबार भएको प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरे। दुवै कप्तान र प्रशिक्षकले एक अर्कामा परिचित टिम भएकाले एकले अर्कोलाई कमजोर नआाक्ने बताए। 

एन्फाले प्रतियोगिता जुधाएकै कारण दुवै टिमका खेलाडी केही खेलाडीको धरान-पोखरा-बिर्तामोड दौडधूपको कारण प्रदर्शनमा केही कमी आउने दुवै टिमका प्रशिक्षक तथा खेलाडी स्वीकार गरेका छन् । एउटै क्लबबाट दुई वटा टिम बनाएर झापा र बुढासुब्बा गोल्डकपमा सहभागी चर्च ब्वाईज झापाबाट बाहिरिसकेकाले उसको ध्यान बुढासुब्बा गोल्डकपको उपाधि जित्न रहेको छ । 

गत वर्षको उपविजेतासमेत रहेकाले उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्ने प्रशिक्षक श्रेष्ठ बताउँछन् । उपाधि विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख हात पार्नेछन्।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।