
काठमाडौं । नेपाल हक्की संघले दोस्राे संस्करणको महिला तथा पुरूष राष्ट्रिय हक्की प्रतियोगिता यही फागुनमा आयोजना गर्ने भएको छ।
संघले पहिलो पटक दशरथ रंगशालामा फागुन ४ देखि ११ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो। काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे हाे । यस्तै पुरूषतर्फ मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम र नेपाल पुलिस क्लब सहभागी हुने छन् ।
पुरूषमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । महिलामा सहभागी हुने कोशी प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेशले राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिताको फाइनल खेल फ्लडलाइटमा हुनेछ। नेपाली हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले हक्की पुरस्कार रकम पनि दिन नसकेको अवस्था रहेको बताइन्। प्रतियोगिता आयोजनका लागि संघले ४० लाख बजेट व्यवस्थापन गरेको छ। संघले विजेतालाई ७५ हजार, उपविजेतालाई ५० र तेस्रो हुने टिमलाई २५ हजार पुरस्कार प्रदान गर्नेछ।
नेपालमा हक्की कोचको अभावका कारण धेरै खेलाडी उत्पादन गर्न नसकेको श्रेष्ठले बताएकी छन्। यो खेललाई महत्वका साथ लिएको भन्दै अब हक्कीले पनि राष्ट्रिय टिम बनाउने संघको लक्ष्य छ। राष्ट्रिय टिमले आगामी मे महिनामा थाइल्यान्डमा हुने एसियन गेम छनोट खेल्नेछ।
छनोट भएमा एसियाडमा पनि सहभागी गराउने योजना संघको छ। एसियाली खेलकुदका लागि अब ६ टिमको टुंगो लाग्न बाँकी छ। प्रशिक्षक विभागका भएको कारण सिभिल कोच नहुँदा गाह्रो भएको संघको भनाइ छ। संघले अहिले हक्कीको वार्षिक क्यालेन्डर तयार गरी कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिएको छ।
हक्कीको पूर्वाधार नभएको अवस्थामा पूर्वाधार निर्माणका लागि धुलिखेलमामा जग्गा समेत प्राप्त गरी डीपीआर तयार भएको संघले जनाएको छ।