
काठमाडौै । नेपाल आईसीसी टी–२० विश्वकपमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको छ। एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८० रनमा समेटिएपछि नेपाल चार रनले पराजित भएको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको इंल्यान्डले मध्यक्रममा राम्रो प्रदर्शन गरेर एक सय ८४ रन बनाएको थियो। मिस्ट्र स्पिनर शेर मल्लले विश्वकपको आफ्नो पहिलो बलमा फिल साल्टलाई सन्दीप लामिछानेबाट क्याचआउट गराएका थिए। ओपनर साल्ट २ बलमा एक रन बनाएर आउट भए। शेर मल्ल बाँकी बलमा भने खर्चिला सावित भए। नन्दन यादवले जस बटलरलाई आशिफबाट क्याचआउट गराए। १७ बलमा २६ रन बनाएर मैदानमा जमिसकेका बटलरलाई नन्दनदले ज्याकेबसँग ३८ रनको साझेदारी गरेको अवस्थामा आउट गराएका हुन्।
सन्दीप लामिछानेले पनि आफ्नो पहिलो बलमा नै विकेट लिए। उनले सातौं ओभरमा २ बनाएका टोम बान्टनलाई एलबिडब्ल्यु धरापमा पारेका थिए। बान्टन आउट हुँदा इंग्ल्यान्डको खातामा ५७ रन थियो। ज्याकोब बेथलले ५५ रनको अर्धशतकीय पारी खेलेका थिए। कप्तान हेरी ब्रुकले पनि ३२ बलमा ५३ रन जोडेका थिए। उनले चार चौका र तीन छक्का प्रहार गरेका थिए। अन्तिमम विल ज्याक्सले ३९ रन बनाएर ठूलो लक्ष्य खडा गरेका थिए।
नेपालका लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। शेर मल्ल र सन्दीपको नाममा एक एक विकेट रह्यो।
जवाफमा नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८० रन बनाउन सक्यो। ओपनर आशिफ शेख सात रनमै क्याचआउट भए। फास्ट बलर लियम डासनले उनलाई सहजै क्याचआउट लुक वुडबाट क्याचआउट गराएका हुन्। कुशल कुर्तेल २९ रन बनाएको अवस्थामा कट एन्ड बोल्ड भए। रोहितले ३९ र दिपेन्द्रले ४४ रन बनाएकाथिए।
अन्तिममालोकेशले पनि ३९ रनको योगदान गरेका थिए।