विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध १८५ रनको लक्ष्य पछ्याएको नेपालको सशक्त प्रदर्शन

माघ २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध १८५ रनको लक्ष्य पछ्याएको नेपालको सशक्त प्रदर्शन

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले सशक्त प्रदर्शन गरिरहेको छ । भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा जारी खेलमा नेपालले १४ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १२४ रन बटुल्न सफल रह्यो ।  टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउदै एक सय ८४ रनको योगफल बनायो । इङ्ल्याडका लागि ज्याकब बेथेलले सर्वाधिक ५५ रनको योगदान दिए । त्यसैगरी कप्तान ह्यारी ब्रुकले ५३, विल ज्याक्सले अविजित ३९ रनको योगदान दिँदा जस बटलरले २६ रन बनाए । 

 बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, र नन्दन यादवले समान दुई दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले समान एक÷एक विकेट झारे । नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकपमा सहभागिता जनाएको थियो । दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.