
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले वरिष्ठ नेता शेखर कोइराला गगन थापासँग मिलेर अघि बढ्न सहमत भइसकेको दाबी गर्नुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित कांग्रेस शेखर कोइराला समूहको भेलामा सहभागी हुनुभएका उहाँले सञ्चारकर्मीमाझ सो दाबी गर्नुभएको हो । नेता शर्माले कांग्रेस पार्टीका लागि सर्वश्वहरणमा परेका कोइराला परिवारका कुनै पनि सदस्य पार्टीलाई एकताबद्ध बनाएर लैजान जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउनु भयो । उहाँले वरिष्ठ नेता कोइरालाले निर्वाचन आयोगले आधिकारिता दिएको कांग्रेस र देउवा पक्षलाई एकताबद्ध बनाउन सफल हुने समेत बताउनु भएकाे जानकारी दिनुभयाे ।
नेता शर्माले कांग्रेस सभापति थापा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने लागि परेको बताउनु भयो । उहाँले निर्वाचनमा विजयी हुनलाई पनि कांग्रेसका सबै समूह गगन थापा नेतृत्वमा एकताभएर अघि बढ्नुको विकल्प नरहेको समेत बताउनु भयो ।