प्रथम विराटनगर क्रिकेट लिग प्रतियोगिता : डाइनामिक क्रिकेट एकेडेमी विजयी

माघ ३, २०८२ |खेल ब्युरो
प्रथम विराटनगर क्रिकेट लिग प्रतियोगिता : डाइनामिक क्रिकेट एकेडेमी विजयी

विराटनगर । विराटनगरमा जारी ‘प्रथम विराटनगर क्रिकेट लिग’ प्रतियोगिताको शनिबार भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमी विजयी भएको छ । 

डाइनामिकले विजयी सुरुवात गरे पनि लिगको शीर्ष स्थानमा कटहरी क्लब रहेको छ । नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा डाइनामिक क्रिकेट एकेडेमीले कटहरी क्रिकेट एकेडेमी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।

टस जिती पहिलो ब्याटिङ थालेको कटहरीले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेटको क्षतिमा १ सस १८ रनको चुनौती प्रस्तुत गरेको थियो । डाइनामिकले पाएको १ सय १८ रनको विजयी लक्ष्य १९ ओभर खेल्दै ७ विकेटको क्षतिमा पार गरेको थियो ।

खेलको प्लेयर अफ द म्याच डाइनामिकका विवेक झा भए ।