.png&w=1000&height=550)
काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपमा शनिबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
थाइल्यान्डको बैंककस्थित नन थाबुरी स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे सुरू हुनेछ । नेपाल जारी साफमा अपराजित छ । पहिलो खेलमा श्रीलङ्कासँग २-२ गोलको बराबरी खेलेको नेपालले माल्दिभ्समाथि ५-० गोलको एकपक्षीय जीत हात पारेको थियो ।
दुई खेलबाट चार अङ्क जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा छ । नेपालका लागि मनिषा थापा मगर, बिमला चौधरी र जेनिफर रानाले २-२ गोल गरेका छन् । भारत भने आफ्नो अघिल्लो खेलमा बंगलादेशसँग पराजित भएको थियो । चौथो स्थानमा रहेको उसको दुई खेलबाट तीन अंक छ ।
पहिलो खेलमा माल्दिभ्सलाई ११-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । बंगलादेशसँग भने ३-१ को हार बेहोर्यो । नेपाल लगातार दोसो जित हात पार्ने लक्ष्यमा छ ।