पार्टीलाई देउवाको अभिभावकीय भूमिकाको खाँचो छ : कांग्रेस

माघ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
पार्टीलाई देउवाको अभिभावकीय भूमिकाको खाँचो छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले शेरबहादुर देउवाको अभिभावकीय भूमिकाको खाँचो रहेको बताएको छ ।

शनिबार बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले देउवाको अभिभावकीय भूमिकामा बस्न आग्रह गरेको हो । कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसलाई देउवाले पुर्‍याउनुभएको योगदान र नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँले आगामी दिनमा पार्टीलाई देउवाको अभिभावकीय भूमिका निरन्तर रहिरहने विश्वास गरेको पनि बताउनु भयो । वैठकले निवर्तमान केन्द्रीय कार्यसमिति र अन्य नेताहरूलाई पार्टीको काममा फर्किन आग्रह समेत गरेको छ । पार्टीलाई अझ बढी बलियो बनाउन आ-आफ्नो तहबाट महत्वपूर्ण योगदान पुर्‍याउन सबैसँग आग्रह गरिएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो । 

उहाँले पाटीले निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्न लागेको पनि जानकारी दिनुभयो । निर्वाचनका लागि छोटो समय रहेकोले निर्वाचनसम्बन्धी काम गर्नको लागि तत्कालै संसदीय वोर्डको बैठक बस्ने उहाँले बताउनु भयो । बोर्डको बैठक बसेर उम्मेदवार छनौट लगायतका काम गर्ने जानकारी दिनुभयो । उहाँले पार्टी अहिले निर्वाचनमा केन्द्रित भएको पनि बताउनु भयो ।

उहाँले निर्वाचन आयोगले कांग्रेसको विधान र संविधानअनुसार नै आफूहरूलाई आधिकारिकता प्रदान गरेकोले मुद्दामामिला नलाग्न अर्को पक्षलाई आग्रह पनि गर्नुभयो । शेरबहादुर देउवा पक्षका नेताहरूले शनिबार नै बैठक बसि आयोगको निर्णय विरुद्धमा सर्वोच्च जाने निर्णय गरेका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.