
संखुवासभा । संखुवासभामा जारी तीनपोखरी कप फुटबल प्रतियोगितामा सेकाहा सामुदायिक क्लब फाइनलमा प्रवेश गरेको छ।
मंगलबार खाँदबारी रंगशालामा भएको रोमाञ्चक खेलमा सेकाहाले संखुवासभाकै शीत्तलपाटी फुटबल क्लबलाई सडन डेथमा १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
खेल बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा पनि दुबै टोली गोल गर्न असफल भएपछि नतिजा सडन डेथबाट टुंग्याइएको थियो।