एनभीए महिला भलिबल च्याम्पियनसिप : पुलिस र आर्मी क्लबकाे विजयी सुरूवात

पुस ११, २०८२ |खेल ब्युरो
एनभीए महिला भलिबल च्याम्पियनसिप : पुलिस र आर्मी क्लबकाे विजयी सुरूवात

काठमाडौं । एनभीए महिला भलिबल च्याम्पियनसिपमा विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले विजयी सुरूवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार भएको उद्घाटन खेलमा पुलिसले सुदूरपश्चिम प्रदेश स्पोर्टस काउन्सिललाई सोझो सेटमा हराएको हो । उपाधि दावेदार पुलिस सुरूवात बाटनै हाबी भएको थियो । पहिलो सेट २५-१० ले जितेको पुलिसले त्यसपछि पनि कडा चुनौतीको सामना गर्नु परेन । 

दोस्रो सेटमा पुलिस २५-११ ले विजयी भएको थियो । तेस्रो सेट २५-११ ले आफ्नो पक्षमा पार्यो । शुक्रबारनै भएको अर्को खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबमाथि सोझो सेटकोनै जित हात पारेको हो । पहिलो सेटमा आर्मीले, एभरेस्टलाई २५-१६ ले पराजित गरेको थियो । दोस्रो सेटमा पनि एभरेस्टले आर्मीलाई रोक्न सकेन् । यो सेटमा आर्मी २५-१४ ले अघि रह्यो । 

तेस्रो सेट प्रतिस्पर्धात्मक बनेको थियो । एभरेस्टले पुनरागमनको प्रयास गरे पनि सफल भएन् । आर्मी २५-२३ को जितका साथ प्रतियोगिताको सुखद सुरूवात गर्न सफल भयो ।