फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छ : पुष्पकमल दाहाल

पुस ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छ : पुष्पकमल दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएको मितिमा निर्वाचनमा सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

शुक्रबार हात्तिवनस्थित निवासमा पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उहाँले फागुन २१ गते जसरी पनि निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको हो । उहाँले निर्वाचन सम्पन्न गराउनका लागि आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो । त्यस अवसरमा दाहालले निर्वाचनका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिन पनि सरकारलाई आग्रह गर्नुभएको थियो ।

सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन राजनीतिक संवाद समिति नै बनाएर प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको भेटवार्तालाई निरन्तरता दिएको हो । यसैक्रममा शनिबार प्रधानमन्त्री सुशीला कार्कीले पनि देउवा, ओली र दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.