पुस ७ देखि १२ गतेसम्म ली निङ बास्केटबल प्रतियोगिता हुने

पुस ६, २०८२ |खेल ब्युरो
पुस ७ देखि १२ गतेसम्म ली निङ बास्केटबल प्रतियोगिता हुने

काठमाडौं । नेपाल बास्केटबल सङ्घको आयोजनामा यही पुस ७ देखि १२ गतेसम्म ली निङ बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ। 

बौद्धको डंकमान्डूमा आयोजना हुने उक्त प्रतियोगिता हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगितासमेत रहेको छ। प्रतियोगितामा सहभागी १२ टिमको प्रतिस्पर्धाबाट ४ टिम राष्ट्रिय बास्केटबल लिगमा छनोट हुनेछन्। जहाँ पहिले नै छनोट भइसकेका ४ टोलीसहितका ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। 

ली निङ बास्केटबल प्रतियोगिताका संयोजक नोर्वु गुरूङका अनुसार कीर्तिपुर क्लब, गोल्डेन गेट कलेज, टाइम्स कलेज र हन्ड्स एकेडेमी राष्ट्रिय लिगमा छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा सहभागी १२ टोलीबीचको टाई सिट ड्र गरिएको थियो। 

४ समूहमा विभाजित टोलीहरूमा समूह 'ए' मा आइ-एसए, तरहर र नेपाल आर्मी, समूह 'बि'मा विशाल मिलन केन्द्र, रोयल र गण्डकी, समूह 'सी' मा चाणक्य, सोलो बास्केटबल र बौद्ध बास्केटबल क्लब तथा समूह 'डी' मा प्ले बक्स, बौद्ध पीपलबोट क्लब र शङ्करदेव कलेज रहेका छन्। 

नकआउटका आधारमा हुने नतिजाबाट प्रत्येक समूहबाट दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् भने सेमिफाइनलमा पुग्ने टोली राष्ट्रिय लिगमा छनोट हुनेछ।