साफ महिला क्लब च्याम्पियनसिप : ट्रान्सपोर्ट युनाइटेड र नसरिन स्पोर्ट्सबीचकाे खेल बराबरीमा

पुस २, २०८२ |खेल ब्युरो
साफ महिला क्लब च्याम्पियनसिप : ट्रान्सपोर्ट युनाइटेड र नसरिन स्पोर्ट्सबीचकाे खेल बराबरीमा

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको आ-आफ्नो अन्तिम खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीले १-१ गोलको बराबरी खेलेका छन्।

दशथ रंगशालामा भएको लिग चरणको अन्तिम दिन दुबै टिमले बराबरी खेलेका हुन्। लिग चरणको अन्तिम खेलअघि नै यी दुबै टोली फाइनल पुग्नबाट असफल भइसकेका थिए। लिग चरणमा यसअघिका सबै खेलमा जितविहीन बनेको ट्रान्सपोर्ट युनाइटेडले खेलको पहिलो हाफमा अग्रता बनाएको थियो। 

खेलको ३९औँ मिनेटमा पेमाले गोल गरेर भुटानी क्लबलाई अग्रता दिलाएकी थिइन्। तर ट्रान्सपोर्टले पहिलो हाफमा बनाएको अग्रता अन्तिम समयमा गुमाउन पुग्यो। खेलको ८७औँ मिनेटमा सौरभीले गोल गरेर खेललाई १-१ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाएकी थिइन्। 

लिग चरणमा तीन खेल बराबरी गरेको ट्रान्सपोर्टले तीन अंक जोड्यो भने नसरिनले दुई अंक जोड्यो। कराँची पनि २ अंक जोडेर बाहिरिइसकेको छ।