.png&w=1000&height=550)
काठमाडौं । नेपाल एसीसी यू-१९ एसिया कपमा लगातार तेस्रो हारसहित बाहिरिएको छ।
बुधबार भएको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो। एक सय २५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २६ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।
दुबईस्थित द सेभेन्स स्टेडियममा अफगानिस्तानले टस जितेर फिल्डिङ राजेपछि सुरूवातमा ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय २४ रन मात्र बनाउन सक्यो । नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन र अविषेश तिवारीले २० रन बनाए । रोशन विश्वकर्मा १२ रनमा आउट भए । चन्दन रामले २७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अफगानिस्तानका लागि जैतुल्लाह शाहिनले ३ विकेट लिए भने अब्दुल अजिज, नुरिस्तानी उमरजाई र वाहिदुल्लाह जद्रानले समान २-२ विकेट हात पारेका थिए। एक सय २५ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा आएको अफगानिस्तानले २७ औं ओभरमा सहजै लक्ष्य पुरा गरेको हो।
अफगानि ओपनर आउसमान सदातले ५१ बलमा २८ रन बनाउँदै मैदानमा टिकेर खेले। अर्का ओपनर फैसल खानले १३ रनको योगदान गरेका थिए। तेस्रो नम्बरका नजिफूल्लाह अमरीलाई शून्यमा आउट गराए पनि उजैरुल्लाहर निजाईले ६१ रनको सानदार इनिङ्स खेलेका थिए।
अन्तिममा महबुब र मिया खिलले अविजित रहँदै अफगानिस्तालाई जितसम्म पुर्याएका हुन्। नेपालका अभिषेख तिवारीले दुई तथा विपिन र चन्दन रामले एक-एक विकेट लिएको भए पनि नेपालको हार रोक्न सकेनन्। समूह बीमा रहेका दुवै टोलीका लागि यो प्रतियोगितामा पहिलो जित निकाल्ने अवसर थियो। त्यसमा नेपाल असफल भयो।
जितका बाबजुद पनि अफगानिस्तान अर्को चरणमा पुग्न सकेन्। दुबै टोली सान्त्वना जितसहित प्रतियोगिता समाप्त गर्ने लक्ष्यमा छन् । दुबै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । यसअघि नेपाल श्रीलंकाविरुद्ध ८ विकेट र बंगलादेश अन्डर नाइन्टिनविरुद्धको खेलमा ७ विकेटले पराजित भएको थियो ।
अफगानी टालीले श्रीलंकासंग २ विकेट र बंगलादेशसँग ३ विकेटले पराजित भएको थियो । समूह बीबाट श्रीलंका बंगलादेश सेमिफाइनल प्रवेश गरेका छन्।