पार्टीका नेता, कार्यकर्तालाई ओलीको निर्देशन : आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नु

पुस ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
पार्टीका नेता, कार्यकर्तालाई ओलीको निर्देशन : आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नु

काठमाडौं । नवनिर्वाचित नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नवनिर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो । अध्यक्ष ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाइमा पुर्‍याउने दृढता समेत व्यक्त गर्नुभयो । उहाँले पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता खालको कुनै पनि कमजोरी हुन नदिने दाबी समेत गर्नुभयो । 

उहाँले नवनिर्वाचित केन्द्रीय समितिमा नेताहरूलाई एक स्वर भएर पार्टीको विधान महाधिवेशनले तय गरेका वैचारिक, संगठनात्मक र कार्यक्रमिक नीति अनुसार अघि बढ्न पनि सचेत गराउनु भयो । आर्मीले मार्च गरेजस्तो पार्टीका हरेक सदस्यहरूले एकस्वर, एकतालका साथ अघि बढनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर आम जनताको सुरक्षाको काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.