भरतपुर पुगेका लामिछाने गाडीमा रूपन्देही जाँदै

रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने थुनामुक्त हुन आज रूपन्देही पुग्दै
पुस ४, २०८२ |अमृता अनमोल
भरतपुर पुगेका लामिछाने गाडीमा रूपन्देही जाँदै

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने थुनामुक्त हुन शुक्रबार रूपन्देही जाँदै हुनुहुन्छ । 

उहाँ काठमाडाैंबाट भरतपुरसम्म जहाजमा र त्यसपछि गाडीमा रूपन्देही जानु भएको हो । उहाँ अहिले चितवनको भरतपुरबाट गाडीमा रूपन्देहीतर्फ लाग्नु भएको हाे । रिहाइको प्रक्रिया पुरा गर्न रूपन्देही जान भैरहवाको प्लेन टिकट लिएका लामिछानेले प्रतिकूल मौसमका कारण भैरहवाको उडान हुन नसकेपछि भरतपुरका लागि उड्नु भएको हो । 

रास्वपा सभापति लामिछानेका लागि बिहान ७:५५ को बुद्ध एयरको काठमाडौं भैरहवाको टिकट काटिएको थियो । जुन काठमाडौंबाट भैरहवा पुग्ने पहिलो फ्लाइट हो । उहाँलाई भैरहवा पुग्न मौसमका कारण समस्या भएपछि उहाँ भरतपुरसम्म फ्लाइटमा र त्यसपछि गाडीमा जान लाग्नु भएको हो ।

रवि लामिछाने भैरहवा पुग्ने भएपछि रूपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू रविको स्वागतमा रूपन्देही उच्च अदालत आसपास जुटेका छन् । संगठित सहकारी गठीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने बिगोवापतको रकम बुझाएर रिहाइ गर्न माग ग र्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिनुभएको थियो । उच्च अदालत बुटबलको आदेश जिल्ला अदालत रूपन्देही पुग्नुपर्छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।