.png&w=1000&height=550)
काठमाडौं । एसीसी पुरूष यू-१९ एसिया कप २०२५ अन्तर्गत समूह चरणबाटै बाहिरिइसकेका अफगानिस्तान र नेपाली टोलीबीचको प्रतिस्पर्धा अहिले जारी छ ।
दुबईस्थित द सेभेन्स स्टेडियममा अफगानिस्तानले टस जितेर फिल्डिङ राजेपछि सुरुवातमा ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन र अभिषेश तिवारीले २० रन बनाए । रोशन विश्वकर्मा १२ रनमा आउट भए । चन्दन रामले २७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अफगानिस्तानका लागि जैतुल्लाह शाहिनले ३ विकेट लिए भने अब्दुल अजिज, नूरिस्तानी ओमरजाई र वाहिदुल्लाह जाद्रानले समान २-२ विकेट हात पारे ।
१ सय २५ रनको सामान्य लक्ष्यसहित अफगानिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । समूह बीमा रहेका दुवै टोलीका लागि यो प्रतियोगितामा पहिलो जित निकाल्ने अवसर हो । दुबै टोली सान्त्वना जितसहित प्रतियोगिता समाप्त गर्ने लक्ष्यमा हुने छन् ।
दुबै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त भइसको छ । यसअघि नेपाल श्रीलंकाविरूद्ध ८ विकेट र बंगलादेश यू-१९ विरूद्धको खेलमा ७ विकेटले पराजित भएको थियो । अफगान टोली श्रीलंकासँग २ विकेट र बंगलादेशसँग ३ विकेटले पराजित भएको थियो ।