
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकामा मंगलबारबाट राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता सुरू भएको छ ।
मध्यपुर थिमी नगरपालिका भित्रका ४३ वटा विद्यायलयका ९ सय ४४ खेलाडीहरू राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितको विभिन्न ६ खेलमा प्रतिस्पर्धा गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले चार दिनसम्म प्रतियोगिता आयोजना गर्ने जनाएको छ । प्रतियोगितामा उसु , कब्बडी, तेक्वान्दो, कराते, एथ्लेटिक्स र भलिबल खेलमा खेलाडीहरूबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राज थापाले बताउनुभयो ।
यस्तै चाँगुनारायण नगरपालिका भित्रका ३५ वटा विद्यालयका २०८५ खेलाडीहरू यस प्रतियोगिताको विभिन्न खेलविद्यामा प्रतिस्पर्धा गर्नेछन् । चाँगुनारायण नगरपालिकाभित्र ६ दिनसम्म प्रतियोगिता हुने नगर खेलकुद समितिका संयोजक रघु केसीले जानकारी दिनुभयो ।
भक्तपुर र सुर्यविनायक नगरपालिकाले भने माघको पहिलो हप्तादेखि प्रतियोगिता सञ्चालन गर्ने खेलकुद विकास समितिका अध्यक्ष थापाले बताउनुभयो । भक्तपुर नगरपालिकाले गत वर्षको राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता जितेको थियो । यस्तै गत वर्ष दोलखामा सम्पन्न बागमती प्रदेशस्तरीय रनिंग शिल्ड प्रतियोगितमा भक्तपुरले तेस्रो स्थान हासिल गरेको थियो । काठमाडौं र ललितपुर भने पहिलो र दोस्रो भएको थियो ।