एनपीएल : सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य

मंसिर २०, २०८२ |खेल ब्युरो
एनपीएल : सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई १४८ रनको लक्ष्य दिएको छ ।

विराटनगर किंग्सले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएपछि रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रन बनाएको छ।  ओपनर विनोद भण्डारी र जोस ब्राउनले २५ रनको ओपनिङ साझेदारी गरे। विनोद १३ बलमा १५ रन बनाएको अवस्थामा बसिरले बोल्ड गरे। त्यसैगरी ब्राउनले २५ बलमा २४ रनको योगदान गरेका थिए। सन्दिप लामिछानेले ब्राउनलाई साम हेज लेटबाट क्याच आउट गराएएपछि सुदूरले दुई विकेट गुमाउँदा ४२ रन बनाएको थियो।

त्यसपछि इशान पाण्डे र आरिफ शेखले ७२ रनको अत्यावश्यक पार्टनरसिप गरेका थिए। सन्दीपले ३८ रन बनाएको अवस्थामा इशानलाई क्याचआउट गराएर यो साझेदारी तोडेका हुन्। उनले खेलमा दूई चौका र दुई छक्का प्रहार गरे। हरमित सिंह भने गोल्डेन डक भए। दिपेन्द्र सिंह ऐरीलाई प्रतिसले आफ्नो पहिलो बलमा नै क्याचआउट गराए। अन्तिम ओभर बलिङ गर्न आएका प्रतिसले दिपकलाई अन्तिम बलमा आउट गराएका थिए। 

३२ बलमा नै ४५ रनको उत्कृष्ट पारी खेलेका आरिफ शेख खेलमा अविजित रहे। शनिबारको खेलमा ४ ओभर बलिङ गर्दै तीन विकेट लिएका सन्दीप जारी प्रतियोगिताकै सर्वाधिक विकेट लिने एक्ला खेलाडी बनेका छन्। उनले सात खेलमा १५ विकेट लिइसकेका छन्। प्रतिसले एक ओभर मात्रै बलिङ गरेर २ विकेट हात पारे।

सुदूरपश्चिमले स्कट कुग्लेन र क्रिस लिनलाई आराम दिएको थियो। टिमका महत्वपूर्ण यि २ खेलाडीलाई पहिलो क्वालिफायरका लागि आराम दिएको हो।