फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक

मंसिर २०, २०८२ |खेल ब्युरो
फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक

काठमाडौं । २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्तरूपमा आयोजना हुने फिफा विश्वकपको ड्र सार्वजनिक भएको छ। ड्र गएराति अमेरिकाको वासिङ्टन डिसीमा सम्पन्न भएको हो । इतिहासकै सबैभन्दा धेरै ४८ टोली समेटिएको यो संस्करणका समूह र नकआउट सम्भावनाले विश्वभरका फुटबलप्रेमीलाई उत्साहित बनाएको छ ।

करिब डेढ घण्टा ढिलो गरी सुरु भएको ड्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोको भाषणलगायतले लम्बिएको थियो । १२ समूहका लागि ४८ टोली छानिएपछि समूह चरणको गुणस्तर केही खस्किएको टिप्पणी गरिएको छ ।

विश्वका दुई उत्कृष्ट स्ट्राइकर-एर्लिङ हाल्याण्ड र किलियन एमबाप्पे पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा आमनेसामने हुने भएका छन् । फ्रान्स र नर्वे एउटै समूह आई मा परेका छन् । डिफेन्डिङ च्यम्पियन अर्नेटिना समूह जे मा परेको छ । यस समूहमा अल्जेरिया, अस्ट्रिया र जोर्डन पनि सामेल छन् । समूह विजेता बनेमा अर्जेन्टिना र पोर्चुगल क्वार्टर-फाइनलमै आमनेसामने हुनसक्ने सम्भावना छ । पोर्चुगल समूह के मा छ । यस समूहमा उज्वकेस्तिान, कोलम्बिया र प्लेअफबाट माथि बढ्ने एक टोली पनि सामेल छन् ।

विश्वकप उद्घाटन खेलमामेक्सिको र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्नेछन् । उज्बेकिस्तान, केप भर्डे, जोर्डन र कुरासाओले पहिलो पटक विश्वकप खेल्ने छन् ।