हङकङविरूद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

४९ खेलाडी टोलीमा समेटिए
चैत्र १, २०८२ |खेल ब्युरो
हङकङविरूद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं । नेपाली पुरूष राष्ट्रिय फुटबल टोलीले हङकङविरूद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।

अखिल नेपाल फुटलब संघ- एन्फाले मंगलबार सार्वजनिक गरेको सूचीमा मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले ४९ खेलाडीलाई प्रारम्भिक टोलीमा समेटेका छन् । चैत १२ मा हुने नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा आयोजना हुनेछ ।

प्रारम्भिक टोलीमा अञ्जन विष्ट, आदित्य शाक्य, किरण चेम्जोङ, कृतीश रत्न छुन्जु, रोहित चन्द, मनीष डाँगी, आयुष घलान, लाकेन लिम्बू, सुमन श्रेष्ठलगायतका अनुभवी खेलाडी समेटिएका छन्। त्यस्तै, योगेश धिमाल, ओसेन्द्र कटुवाल, पदमकुमार तामाङ र रामबाबुकुमार साहजस्ता नयाँ खेलाडीलाई पनि एरेनाले प्रारम्भिक टोलीमा मौका दिएका छन् ।

मुख्य प्रशिक्षक एरेनाले प्रारम्भिक सूचीबाट अन्तिम टोली छनोट गर्दै हङकङविरूद्धको खेलका लागि तयारी गर्नेछन् । हङकङविरूद्ध ऐरेनाको नेपाली राष्ट्रिय पुरूष टोलीको लागि पहिलो खेल हुनेछ । नेपालले २०२६ मा हुने साफ च्याम्पियनसिपको तयारीस्वरूप यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।