रवी बोपरा बने एनपीएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी

मंसिर १०, २०८२ |खेल ब्युरो
रवी बोपरा बने एनपीएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
Photo Source : Chitwan Rhinos official Facebook Page

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलमा चितवन राइनोजका रवी बोपराले लगातार तीन अर्धशतक जोडेका छन् ।

बोपराले तेस्रो अर्धशतक विराटनगर किङ्ग्सका विरूद्ध पूरा गरेका हुन् । उनले २९ बलमा ३ छक्का र दुई चौकाको मद्दतमा ५० रन पार गरे । ३८ बल खेलेका बोपरा चार छक्का र तीन चौकाको मद्दतमा ६५ रन जोडेर आउट भए । यसअघि उनले कर्णाली याक्स र लुम्बिनी लायन्सका विरूद्ध पनि अर्धशतक जोडेका थिए । योसँगै बोपरा जारी एनपीएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडीसमेत बनेका हुन् ।

त्यसैगरी पोखरा एभेञ्जर्सका कुशल भुर्तेलले दुई अर्धशतक जोडेका छन् । भुर्तेल, बोपरासँगै सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, सुदूरपश्चिमकै हरमित सिंह, विराटनगर किङ्ग्सका ब्याटरद्वय लोकेश बम र मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पञ्चाल र जनकपुर बोल्ट्सका आशिफ शेख पनि अर्धशतक जोड्नेको सूचीमा छन् ।

कर्णालीका मार्क वाटमात्रै जारी प्रतियोगितामा हालसम्म शतक हिर्काउने खेलाडी हुन् ।-रासस